चौध दिनपछि धारिलो हतियार प्रहार गरेर फरार ६ जना पक्राउ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । उनिहरु सवै २० वर्ष मुनिका छन् । उनिहरु माथी घोराही उपमहानगरपालिका-१८ शंखेपिपल नजिक साउन १० गते तीर्थबहादुर पुनलाई खुकुरी प्रहार गरेको आरोप छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ निवासी १७ बर्षीय नाम परिवर्तित घोराही ३३ (क), घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर टोल निवासी १६ बर्षीय नाम परिवर्तित घोराही ३३ (ख), बंगलाचुली गाँउपालिका-४ जुम्लेपानी घरभई हाल घोराही उपमहानगरपालिका-१८ बस्ने २० बर्षीय देबेन्द्र कुँवर मगर, सोही वडाको भंगीटोल बस्ने १७ वर्षीय नाम परिवर्तित ३३(ग) , घोराही उपमहानगरपालिका–१९ सैघा घरभई हाल घोराही-१८ बस्ने १७ बर्षीय नाम परिवर्तित घोराही ३३ (घ) र सोही वडाको मसिना बस्ने १५ बर्षीय नाम परिवर्तित घोराही ३३ (ङ) रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

उनीहरूको समूहले साउन १० गते राति पुनमाथि खुकुरी प्रहार गरी टाउको, अनुहार, बायाँ हातको कान्छी औँलाबाहेक सबै औँलाको हड्डी काटिएको,औँला हातमै रही गम्भीर घाइते भएको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले फेला पारेको थियो। घाइते पुनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?