एमालेले आवेगमा संसद अवरुद्ध गर्‍याे : महामन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले संसदमा आवेगमा संसद अवरुद्ध गरेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद सुचारु हुने बताउनु भयो । उहाँले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउनु भयो। उहाँले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताउनु भयो। उहाँले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दुखि छ भन्ने राम्रोसँग बुझेको बताउनु भयो। उहाँले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताउनु भयो । उहाँले नेपाली समाजमा हीत र अहीतलाई बुझ्ने विवेक भएपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौं । हीत र अहीतलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौं । साहित्यका मञ्चहरुमा धेरै विवेकहरु निषेधित नै हुन्छन् । विवेकहरु केन्द्रमा हुन्छन् । राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने यो देशको संसद भोलि नै सुचारु हुन्छ । संसदमा हामी राम्रोसँग बहस गर्न तयार छौं । प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गर्छ र सत्ताले बुझ्दै गरेको लगाउँदै गरेको जुत्तामा कहाँ दुखिरहेको छ भन्ने कुरामा प्रतिपक्षले पनि राम्रोसँग बुझेको छ । सत्ता पक्षको सांसद भएकाले संसदमा मेरो कुराहरु अस्ति राखेको छु । प्रतिपक्षमा बसेर प्रश्नका कुरालाई थाति राखेर डिफेन्समात्रै गरेर जाने कुरा बस्तुगत भएन । अहिले काँग्रेस र एमाले गठबन्धनमा छैनौं । गठबन्धन भयो भने केपी कमरेडका साराकुराहरु राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौं भने सारा कुरा नराम्रो देख्ने हुन्छ । तर हरेक कुरालाई वस्तुगत भएर हे¥यो भने सबैकुरा सकारात्मक हुन्छ ।’

उहाँले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?