काठमाडौं । चलचित्र ‘रावायण’मा अभिनेता अनमोल केसी र मिस नेपाल पृष्ठभूमिकी नीति शाहपछि थप दुई कलाकार जोडिनुभएको छ ।
निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग सम्झौता गर्नुभएको हो । निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई चलचित्रमा स्वागत गर्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नुभएको हो ।
आगामी भदौदेखि छायांकन सुरु हुन लागेको चलचित्रमा अनमोलको दोहोरो भूमिका देखिने बताइएको छ । उहाँको जोडी नीतिसँग बाँधिनेछ ।
चलचित्रमा अनमोल रावायण र नीति सीताको भूमिकामा हुने बताइएको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच