अख्तियार प्रमुख राई र अमेरिकाको एन्टीकरप्सन संयोजक रिचार्डबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी करप्सन संयोजक रिचार्ड नेफिउबीच भेटवार्ता भएको छ ।

टंगालस्थित आयोगको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको अख्तियार प्रवक्ता (सहसचिव) भोला दाहालले जानकारी दिनुभयो ।

भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको थियो ।

भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको सह–सचिव दाहालले जानकारी दिनुभयो ।

अख्तियार प्रमुख राईले आयोगको बारेमा जानकारी गराउनुभएको थियो । नेफिउ बिहीबार काठमाडौं आउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?