बेँसीसहर-चामे सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर-चामे सडकखण्ड अवरुद्ध भएको हो ।

सो सडकखण्डको बेँसीसहर नगरपालिका-६ को  खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मर्स्याङदी गाउँपालिका-६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?