सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) ले सरकारमा रहेका एक मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।

असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।

अब जनमत पार्टीकी नेतृ अनितादेवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने पक्का भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?