चीन भ्रमणमा जाँदै उपराष्ट्रपति यादव

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा विशेष अतिथिको रूपमा उहाँ चीन जान लाग्नुभएको हो ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यात्रामा निस्कन लाग्नुभएको हो। उहाँको चीन भ्रमण साताव्यापी हुने उपराष्ट्रपति कार्यालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनुहुनेछ ।

दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?