१६ करोड खर्चेर बनाएको विमानस्थलमा उडेनन् जहाज

‘राज्यको लगानीको सदुपयोग भएको छैन् भने नागरीकले सेवा समेत पाउन सकेका छैनन्’

डम्बर बोहरा बैतडी, संवाददाता

डेढ वर्षदेखि हवाई उडान बन्द बैतडीको पाटन विमानस्थलको धावनमार्ग

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीको पाटन विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द रहेको छ । डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरु प्रयोगविहिन बनेका छन् । प्रत्येक बिहीबार पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै उडान भर्न नसकीने यसअघि नै बताइसकेको छ ।

तीनवर्ष अघि परिक्षण उडान सफल भएपछि खुशी भएका स्थानीयहरु डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करौडौका संचरनाहरु प्रयोग बनेका पाटन नगरपालिका–६ का स्थानीय उत्तम सिंह भण्डारीले बताउनुभयो । यहाँको आन्तरीक धार्मीक पर्यटन प्रर्वद्धन र व्यापार व्यवसाय फस्टाउने अपेक्षा भएपनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवा बञ्चित हुनुपरेको उहाँको जानकारी दिनुभयो ।

‘आर्थिक विकास अपेक्षा थियो । डेढ वर्षदेखी विमानस्थलमा जहाज आएको छैन् । सरकारले नियमीत हवाई सेवा सञ्चालनका लागि भुमीका खेल्नु जरुरी छ’, उहाँले भन्नुभयो ।

तीन वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर २० मिटर चौडाइ र ५ सय ८० मिटर लम्बाई रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको काम समेत सम्पन्न भैसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडी संगै दार्चुलाका नागरीकहरुले सेवा पाउने भएपनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटन नगरपालिका –९ का अर्का स्थानीय कृष्ण सिंह भाटले बताउनुभयो ।

‘पाटन नगरपालिका भित्र पनि थुपै्र पर्यटनको सम्भावना छ । जसले गर्दा यहाँको आर्थिक समृद्धि हुन्छ ।’ ,भाटले भन्नुभयो, ‘जतिसकिन्छ छिटो हवाई सेवा सञ्चालनमा ल्याउनु प¥यो ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय भागरथी भट्ट बताउनुहुन्छ । ‘१७ मिनेटको हवाई दूरीमा चार देखी पाँच हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रु पनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग भएको छैन् भने नागरीकले सेवा समेत पाउन सकेका छैनन् । जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयहरुले टिकटक समेत बनाउने गरेका छन् । नगरउपप्रमुख कमलसिह बोहराले हवाई उडान सेवा सञ्चालन गर्न नागरीक उड्डयन मन्त्रालयसंग समन्वय गरीरहेको बताउनुभयो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका बताउँदै उपप्रमुख बोहराले नेपाल एयरलाइन्सले नियमीत उडान भर्ने गरी समन्वय भैरहेको जानकारी दिनुभयो ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्णरूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परिक्षण उडान गरेको थियो । २०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला बन्द भएको थियो । तर २६ वर्षपछि २०७७ सालबाट संचालनमा आए पनि यात्रु अभावको कारण देखाउँदै त्यसको एकवर्षपछि २०७८ चैत १० गतेयता व्यावसायिक उडान हुन सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?