‘गीत संगीत र भिडियोमार्फत समाजमा सन्देश प्रबाह हुन्छ’

गीता अधिकारी
Read Time = 7 mins

बागलुङ जिल्लाको तमान खोला गाउँपालिका बोङगादोभान-१ मा घर हुनुभएका एकिन्द्र सारा शंकर काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । उहाँ विगत डेढ दशकदेखि निर्देशन, नृत्य निर्देशन र प्रशिक्षकका रुपमा यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ पाँचसय जति गीतमा निर्देशन तथा नृत्य निर्देशन गरेको बताउनुहुन्छ । ‘गोर्खा मनकामना’, ‘पहिलो माया आफ्नो भएन’, ‘मुटु काहाँ सम्भब छर तिमी बिना’, ‘मनकामनालाई फुलैको डोली’, ‘माछा मीठो असला दरम खोलाको’, ‘काचो कटर’, ‘भेट भो रोधि घरमा’, ‘उनले छोडी गएपछी’ जस्ता गीत उहाँका लोकप्रिय छन् । यस्तै उहाँले तीन दर्जन जति गीतका भिडियोमा अभिनय पनि गर्नुभएको छ । गीत संगीत र भिडियोमार्फत समाजमा सन्देश प्रबाह हुन्छ भन्नुहुने एकिन्द्र सारा शंकरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

हाल के मा ब्यस्त हुनुहुन्छ ?
निर्देशन तथा नृत्य निर्देशन अनि नृत्य प्रशिक्षण मै ब्यस्त छु ।

यो क्षेत्र नै किन रोज्नुभो ?
सर्बप्रथमत मलाई नृत्य मा एकदम रुचि थियो । कलेज पढदा पढ्दै नृत्य सिकियो । त्यसपछि नृत्य प्रशिक्षण गर्न थालियो । पछि बिस्तारै निर्देशन क्षेत्रमा हात हालेपछि अन्तिममा यही नै पेशा बन्न पुग्यो ।

अहिलेसम्म तपाईंले कति वटा गीतका भिडियोमा निर्देशन तथा नृत्य निर्देशन गर्नुभयो ? तपाईंले गरेका केही गीतको नाम लिनुपर्दा ?
मैले हालसम्म ५०० जति गीतहरूमा निर्देशन तथा नृत्य निर्देशन गरेको छु । केहीको नाम लिनुपर्दा ‘गोर्खा मनकामना’, ‘पहिलो माया आफ्नो भएन’, ‘मुटु काहाँ सम्भब छर तिमी बिना’, ‘मनकामनालाई फुलैको डोली’, ‘माछा मीठो असला दरम खोलाको’, ‘काचो कटर’, ‘भेट भो रोधि घरमा’, ‘उनले छोडी गएपछी’ लगायतका रहेका छन् ।

अहिले धेरै परिबर्तन भाएको छ । यतिवेला क्वालिटी खोज्न थालिएको छ । क्षमताको पहिचान हुन थालेको छ । अझ मुख्यत बजेट अनुसारको काम हुन्छ । थोरै बजेटमा त्यही अनुसारको र धेरै बजेटमा त्यही अनुसारको काम हुन्छ भन्ने कुरा बुझ्नुभएको छ । र, गीतमा राम्रो बजेट बनाउनुपर्छ भन्ने कुरा बोध गर्नुभएको छ ।

तपाईं राम्रो निर्देशक कि नृत्य निर्देशक ?
राम्रो नराम्रो त आफूले भन्दा पनि अरुले छुट्टाउने कुरा हो जस्तो लाग्छ । आफू त कर्म गर्ने मान्छे हो । निरन्तर कर्म गरिन्छ । मैले भन्नुपर्दा चाहीँ दुबैमा उत्तिकै लाग्छ ।

नचाउन सजिलो कि निर्देशन गर्न ?
मानसिक रुपमा त मिहिनेत उस्तै उस्तै हो । तर, शारीरिक रुपमा चाहीँ नृत्य निर्देशनमा अलि बढी मिहिनेत गर्नुपर्छ ।

अहिलेको बजार कस्तो छ ? के कस्ता चुनौती छन् यो क्षेत्रमा ?
पहिला चाहीँ क्वालिटिमा भन्दा बढी क्वान्टिटिमा ध्यान दिने । जसले सस्तो बजेटमा काम गर्छ उसँग जाने गर्थे तर अहिले धेरै परिबर्तन भाएको छ । यतिवेला क्वालिटी खोज्न थालिएको छ । क्षमताको पहिचान हुन थालेको छ । अझ मुख्यत बजेट अनुसारको काम हुन्छ । थोरै बजेटमा त्यही अनुसारको र धेरै बजेटमा त्यही अनुसारको काम हुन्छ भन्ने कुरा बुझ्नुभएको छ । र, गीतमा राम्रो बजेट बनाउनुपर्छ भन्ने कुरा बोध गर्नुभएको छ । जे होस खुशी लाग्छ । र चुनौती भन्ने कुरा त कुन क्षेत्रमा छैनर हरेक क्षेत्रलाई अरुले हेर्दा सहज लाग्छ तर त्यै क्षेत्रको महसुस गर्ने ब्यक्तिलाई थाह हुन्छ । चुनौती भन्ने यस्तै हो सामना गरेर अगाडि बढ्न सक्नुपर्छ ।

तपाईंत कलाकार पनि हैन ? कति जति म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
हो यहाँले भने जस्तै केहीमा अभिनय गरेको छु । म आफू सिकाउन मात्र नभएर अभिनय अनि नृत्य गर्न रुचाउने मान्छे हो र ३०÷३५ वटा गीतमा गरेको पनि छु ।

यो क्षेत्रमा के योगदान दिए जस्तो लाग्छ ?
बिशेषत कला, संगीत क्षेत्र अनि कलाकार भनेको समाजको एउटा दर्पण हो । गीत संगीत र भिडियोमार्फत समाजमा सन्देश प्रबाह गरियो भन्ने लाग्छ ।

यो क्षेत्रमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?
पाउनु के नै छ र । जन्मेपछि एक चोटि सबै मर्नुपर्छ । जीवनमा लोभ लालच राख्न हुन्न । धन पैसाले कसलाई पो पुगेको छ र । सबैभन्दा ठूलो कुरा भनेको सन्तुष्टि हुनु हो । यो क्षेत्रमा लागेर मायालु दर्शक स्रोता र अलिकति इत्जत कमाइयो । त्यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?