ग्लोबल आइएमई बैंकको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरबाट सामान किन्दा स्मार्ट क्युआरमार्फत् पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ ।

योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एकपटकको खरिदमा दुई सय रुपैयाँसम्म र योजना अवधिभर पाँच सय रुपैयाँसम्म छुट पाइनेछ । योजना सीमित अवधिका लागि मेट्रो मार्टका जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरमा लागू हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?