नेपालले आज तेस्रो खेल खेल्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको तेस्रो खेल आज(बुधबार) युएई ‘ए’ सँग खेल्दैछ । पहिलो दुई खेलमा पाकिस्तान ‘ए’ र भारत ‘ए’ सँग पारजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले बुधबार नेपाली समय अनुसार बिहान १०ः १५ मा यूएई ‘ए’ सँग नेपालले तेस्रो खेल खेल्दैछ ।

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुबै समूह चरणबाट बाहिरी सकेकाले दुबैका लागि यो प्रतिष्ठाको खेलमात्रै हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

प्रतियोगितामा सिनियर टोली पठाउने नेपाल एक्लो देश हो । युएईको सिनियर टोलीलाई पछिल्ला प्रतियोगिताहरूमा नेपालले लगातार हराउँदै आएकाले यूएई ‘ए’ विरुद्ध पनि जित हात पार्ने धेरैको अपेक्षा छ । तर भारत र पाकिस्तानसँग तुलनात्मक रुपमा नेपालले भन्दा यूएई ‘ए’ ले राम्रो प्रदर्शन गरेकाले नेपाललाई दबाबसमेत छ ।

युएईका टोलीमा अधिकांश सबै नयाँ खेलाडी छन् । ओपनर अर्यांश शर्मा, जोनाथन फिगी, एथान डि सोल्झा, अश्वन्त वल्थापा र अली नासिर सिनियर टोलीबाट खेल्नुभएको छ । अर्यांश, सोल्झा र अली नासिर राम्रो लयमा हुनुहुन्छ ।

नेपालले अन्तिम खेलमा भएकाले यसअघि मौका नपाएका खेलाडीहरूलाई मौका दिने सम्भावना छ । पवन सर्राफले लगातार खराब प्रदर्शन गरिरहेका कारण उहाँको स्थानमा सन्दीप जोराले स्थान बनाउन सक्नुहुनेछ । पवन सरार्फ सुरुवाती दुई खेलमा १ र ६ रनमा आउट हुनुभयो ।

यस्तै सूर्य तामाङले पनि टोलीमा मौका पाउने सम्भावना छ । ललितनारायण राजवंशीको स्थानमा उहाँले मौका पाउन सक्नुहुनेछ । ओपनर आसिफ शेखको स्थानमा अर्जुन साउद मैदान उत्रिन सक्नुहुनेछ । त्यसबाहेक कुशल भुर्तेल र रोहित पौडेलले निरन्तरता पाउने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?