भारतले आज ७७औं स्वतन्त्रता दिवस मनाउँदै

हिमालय टाइम्स
Read Time = 3 mins

नयाँदिल्ली । भारतले आज आफ्नो ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् ।

सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ । आजको सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्वतन्त्रता दिवसको लागि शहरभर तैनाथ १० हजार प्रहरी अफिसरहरू मध्ये मुख्य स्थल लाल किल्लाको कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुँदैछन् ।

आइतबार मध्यरात देखि ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाईएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ । आवश्यक स्थानमा ट्राफिक बन्देज लगाइएको छ र नागरिकलाई अपडेट गर्न नियमित रूपमा ट्राफिक सल्लाहहरू जारी गरिएको छ।

नेपालमा पनि मनाइँदै

भारतको ७७ औं स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ ।

अहिले विहान काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा भारतको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर भारतले नेपाललाई पनि विभिन्न सहयोग गर्दै आएको छ ।

भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरू वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले महत्वपूर्ण भूमिका खेलेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?