विद्युतीय गाडीको प्रवद्र्धन र्याली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउन विद्युतीय सवारीसाधन प्रवद्र्धन याली आयोजना गरेको छ । ३८औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको ¥याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चाबहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगेको थियो ।

याली उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत् खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारीसाधन प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले पेट्रोलियम आयात घटाउन विद्युतीय सवारीसाधन र सामग्री प्रयोगमा जोड दिनुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारी, विद्युतीय सवारीसाधन प्रयोकर्तालगायतको उपस्थिति थियो । प्राधिकरणले शहरी क्षेत्रका लागि विद्युतीय गाडीमात्रै किन्ने नीति लिएको छ भने विद्युत् खपत बढाउन तथा विद्युतीय सवारीलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ ।

थप १३ वटा निर्माण प्रक्रियामा रहेका छन् । निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरूप देशका विभिन्न ठाउँमा एक सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चारपांग्रे सवारीसाधन (कार, जिप) दुई सय ४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा चार हजार पाँच सय ७० वटा आयात भएका थिए । विगत तीन वर्षमा आयात भएका विद्युतीय सवारी संख्या छ हजार छ सय २६ रहेको छ । ६० वटा विद्युतीय बस आयात भएका छन् भने सो अवधिमा नौ हजार सात सय ९० दुईपांग्रे सवारी आयात भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?