सुन तस्करी सम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनु भएको छ ।

दाङ गरिएको  पत्रकार भेटघाटमा महराले सुन तस्करीको प्रकरणमा आफ्नो नाम जोडिएर सञ्चार माध्यममा बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउँन तयार भएको बताउनुभयाे । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानविनका सघाउँनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउँनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’

उहाँले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनिया नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताउनुभयाे ।
त्यसबाहेक उनलाई आफूले नचिनेको बताउनुभयाे ।

महराले सुन प्रकरणमा आफूलाई विना कारण मुछिएको भनेर सञ्चार माध्यममा गलत प्रचार गरिएको भन्दै आपत्ती जनाउनुभयाे । उहाँले सुन तस्करीका भन्ने टोलीफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको स्पष्ट पर्नुभयाे। बरु वांङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताउनु भयाे।

‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाँहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो’ उहाँले भन्नुभयाे, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?