चेन्नाईसँग आर्मी पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतको डुरान्ड कप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा चेन्नाई फुटबल क्लबसँग पराजित भएको छ । सोमबार भएको खेलमा आर्मी चेन्नाई फुटबल क्लबसँग तीन-शून्यले पराजित भएको हो ।

पहिलो खेलमा आर्मी दिल्ली फुटबल क्लबसँग एक-एकको बराबरीमा रोकिएको थियो । चेन्नाईको जितमा फारख चौधरी, रहिम अली र मोहम्मद रफिकले गोल गर्नुभयो । २२औँ मिनेटमा फारखको गोलबाट चेन्नाईले अग्रता लियो । ३८औँ मिनेटमा रहिमले पेनाल्टीमा गोल गर्दा चेन्नाई पहिलो हाफमा २-० ले अगाडि रहृयो । ८३औँ मिनेटमा मोहम्मदले गोल गरेपछि चेन्नाईको जित सहज रहृयो ।

दुई खेलमा पहिलो हार बेहोरेको आर्मी समूह ‘इ’को पुछारमा छ र टोलीको एक अंक छ । दुवै खेल जितेको चेन्नाई ६ अंकसहित अन्तिम आठमा पुगेको छ । पहिलो खेलमा चेन्नाईले हैदराबाद फुटबल क्लबलाई तीन-एकले हराएको थियो ।

आर्मीले समूह चरणको अन्तिम खेल भदौ ५ गते हैदराबादसँग खेल्नेछ । दिल्लीको दुई र हैदराबादको एक अंक छ । समूहमा अब चेन्नाई र दिल्ली तथा आर्मी र हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले अन्तिम खेल जितेमा र चेन्नाईसँग दिल्ली बराबरीमा रोकिए वा हारेको अवस्थामा आर्मी उत्कृष्ट उपविजेताका रूपमा अन्तिम आठमा पुग्ने सम्भावना रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?