बोलेरोको ठक्करबाट तीनजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

-राजेन्द्र गाैतम

झापा । झापाको शिवसताक्षी नगरपालिका ८ को झिलझिले सडकखण्डमा बुधबार बिहान बोलेरोले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुने एकाघरका हुनसक्ने अनुमान गरिएपनि कसैको पनि पहिचान खुल्न सकेको छैन ।

दुईजनाको घटनास्थलमा नै र एकजनाको विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको हो । मृत्यु हुने दुईजना अन्दाजी २५ र ३० र एकजना १५ र १६ वर्षको रहेको झिलझिले प्रहरीले जनाएको छ ।

मृत्यु हुने तीनैजना पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.३ प. ५००१ नम्बरको मोटरसाइकलमा सवार थिए । विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतकको साथबाट नगद दुई सय रुपैयाँ जति फेला परेपनि परिचय खुल्ने कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ ।

बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?