भक्तपुर क्रिकेट संघको अध्यक्षमा पाण्डे

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । नेपालका पूर्वअलराउण्डर मनिषराज पाण्डे भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पाण्डे अध्यक्षका अर्का प्रत्यासी रूपक रञ्जितलाई दुई भोटले हराउँदै निर्वाचित हुनुभएको हो । पाण्डेले १४ भोट ल्याउँदा रूपकले १२ भोट प्राप्त गर्नुभयो ।

पाण्डे नेपालका पूर्वखेलाडीसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को अध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै, उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्मसुन्दर शाक्य विजयी हुनुभयो । शाक्यले १४ र कुन्दनले १२ भोट प्राप्त गर्नुभयो । सचिवमा सञ्जय बस्नेत विजयी हुनुभयो । सञ्जय र किशोरको समान १३ भोट भएपछि चिठ्ठाका आधारमा सञ्जय विजयी हुनुभएको थियो ।

कोषाध्यक्षमा कवि खागी १४ भोटसहित विजयी हुनुभयो । त्यस्तै, सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, राम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेशकुमार ठाकुर, निरा राजोपाध्याय, अभय राणा र नगेन्द्र भट्टराई चुनिनुभयो ।

नेपाल क्रिकेट संघ(क्यान) को जिल्ला प्रदेश हुँदै केन्द्रको निर्वाचन हुनेछ । बागमती प्रदेशमा पूर्वकप्तान पारस खड्का अध्यक्षमा उठ्ने तयारीमा हुनुहुन्छ । यस्तै, बागमती प्रदेशका अन्य जिल्लाहरू चितवनमा सुदीप पिया, मकवानपुरमा करन महत्रा क्षेत्री, ललितपुरमा शेखर श्रेष्ठ, नुवाकोटमा दुर्गाराज पठक अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?