‘अन्तिम संस्कार’मा दीया पुन अनुबन्धित

Read Time = 1 min

काठमाडौं । निर्माण हुने भनिएको नयाँ नेपाली चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित हुनुभएको छ । निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने यो चलचित्रको निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।

विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राई आदि कलाकारको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उहाँँको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछाडि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिनुभएको छ । शाही प्रोडक्सन प्रालिको व्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए