‘अन्तिम संस्कार’मा दीया पुन अनुबन्धित

Read Time = 1 min

काठमाडौं । निर्माण हुने भनिएको नयाँ नेपाली चलचित्र ‘अन्तिम संस्कार’मा अभिनेत्री दीया पुन अनुबन्धित हुनुभएको छ । निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने यो चलचित्रको निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो ।

विनोद सुवेदी (खत्री)को निर्माण रहने चलचित्रमा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राई आदि कलाकारको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उहाँँको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछाडि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिनुभएको छ । शाही प्रोडक्सन प्रालिको व्यानरमा सामाजिक कथामा चलचित्र निर्माण हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?