मागअनुसार सुनको कोटा दिने मन्त्रीको आश्वासन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजार मागअनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलन अवस्थासमेत अहिले सकारात्मक रहेकाले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठिनाइ नभएको बताउनुभयो ।

सुनचाँदी व्यवसायको व्यवस्थापनका लागि विगतदेखि नै उठाउँदै आएको सोसम्बन्धी विधेयकको मस्यौदाका विषयमा पनि उहाँले आपसी छलफलबाट टुंगोमा पुर्‍याइने आश्वासन दिनुभयो ।

मन्त्री रिजालसँगको भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनसम्बन्धी ऐन अभावमा धेरै किसिमका समस्या आएको उल्लेख गर्दै सरोकारवाला सबै पक्षलाई फाइदा पुग्ने गरी ऐन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

साथै व्यवसायीले कच्चा पदार्थ अभावमा धेरै अप्ठ्यारो झेल्नुपरेको उल्लेख गर्दै तत्काल सुन आयात कोटा बढाउन माग गरेका थिए । सो अवसरमा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष महेन्द्ररत्न शाक्य, सदस्य निरज सर्राफ र मधेश प्रदेशका महासचिव परवेज सर्राफलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?