टर्कीको इस्तानाबुलमा पानीको अभाव : पानी वचत गर्न आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

इस्तानाबुल । टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गर्नुभएको छ ।

बुधवार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको वचत गरी भविष्यमा आउनसक्ने समस्यालाई समाधान गर्न आह्वान गर्नुभएको हो । इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो । जुन हालको भन्दा झन्डै दोब्बर हो । अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ ।

इस्तानाबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई) को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ । शहरका लगभग १६ मिलियन नागरिकहरुलाई आइएसकेआईले पानी वचत गर्ने उपायहरुको सूचिसमेत सिफारिस गरेको छ । जसमा बिग्रिएका धाराहरुबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारी साधनहरु सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्ने लगायतका उपायहरु सुझाएको छ । जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी वचत गर्नसक्ने बताइएको छ ।

  • सिन्ह्वाको सहायोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?