जुम्लामा नदीले बगाउँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको हिमा नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका-६ मा बालुवा लिन गएकी  दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिनुभयो ।

उनी हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा खनीरहेही थिइन्। त्यहिबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो । नदीले लौडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि बालिकाको मृत्यु भएको छ ।

नदीको बहाव अध्याधिक बढेको हुनाले बालिका बचाउन सकिएन। मृतक बालिका उत्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत छात्रा भएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यको भनाइ छ ।

मृत्युकको शव कोटघर स्वास्थ्य चौकीमा राखिएको छ । पोष्ट माटमको लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?