मालपोत कार्यालय जुम्लाद्वारा १ करोड ८१ लाख राजस्व संकलन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्ला मालपोत कार्यालयले आर्थिक बर्ष २०७९/०८० १ करोड ८१ लाख ५० हजार ८७८ रुपैयाँ राजस्व संकलम गरेको छ । उक्त कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार ८५५ रुपैयाँ,जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५ रुपैयाँ,पुजिकर लाभकरतर्फ ६४ लाख ६ हजार ५९८ रुपैयाँ र विविधबाट ५ लाख ७३ हजार ४४० रुपैयाँ राजस्व संकलन गरिएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र बहादुर रोकायाले बताउनुभयो ।

राजिनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शिर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट ९ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको कार्यालय प्रमुख रोकायाले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७८/२०७९ र २०७९/०८० मा लक्षित बर्गको लागि २२ लाख ६१ हजार २८१ रुपैयाँ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउपालिकाका लक्षित बर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

छिटो गतिमा चल्ने इन्टरनेट जडानपछि बिगतका बर्षमा जस्तो सेवाग्राहीले ढिलो सेवा लिनुपर्ने समस्या टरेको र सम्पुर्ण प्रक्रिया पूरा गरि सेवाग्राही कार्यालयमा आएमा छिटो छरितो सेवा प्रवाह प्रदान गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?