सुन तस्करी सामान्य हेलचेक्र्याँईले भएको होइन, ठूलै मान्छेको संलग्नता छ : कानूनमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताउनु भयो । गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताउनु भयो । बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो,‘ मुलुकलार्ई सुशासन स्थापीत गरेर अघि बढाउन प्रतिवद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्नेकुरामा हामी प्रष्ट हुनु आवश्यक छ । जसले टिप्पणी उठाउँछ, तीनका हातहरुमा हत्कडी लगाउने र फेरी टिप्पणी उठाउन आदेश दिनेहरुलाई तिनै टिप्पणी उठाउनेहरुको हातमा हत्कडी लगाउनेहरुलाई हत्कडी लगाउने हातले फेरि आदेश दिनेहरुलार्ई सलाम ठोक्ने प्रवृत्तीको अन्त्य खोज्नुपर्छ । सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नु पर्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कुनै हात्तीको दाँत होर्ईन । यो कार्यान्वयन नै गर्र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’

उहाँले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताउनु भयो । सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याँइले गर्दा भएको हो रे । त्यति ठूलो पहँलो हात्ती गेटबाट छिर्दाखेरी साधारण हेलचेक्र्याँइ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’

कानूनमन्त्री गुरुङले सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताउनु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?