सिनेमाघरमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन् जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ । चलचित्र ‘जुलेबी’मा गणेशदेव पाण्डेको निर्देशन छ भने ‘हिँड्दा हिँड्दै’मा मिलन आले मगरको ।

‘जुलेबी’ यौनकर्मीको विषयमा निर्माण भएको चलचित्र हो । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको चलचित्र एन्थोलोजी जनरामा निर्माण भएको हो । फोरक्युब इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विवेक खड्काको छायांकन र अञ्जय खड्काको सम्पादन छ । यो चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गर्नुभएको हो ।

यस्तै, सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङलगायतको अभिनय रहेको चलचित्र हो ‘हिँड्दा हिँड्दै’ । नारायण सुशील पंगेनी इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको यो चलचित्रमा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा राज लामा निर्मातामा हुनुहुन्छ भने प्रमोदकुमार तामाङ र महादेश शाह सह-निर्मातामा हुनुहुन्छ । यो चलचित्रमा सुमनकुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?