बलिउडका यी स्टार जो छन् रेष्टुरेन्टका मालिक

Read Time = 3 mins

मुम्बई । केही बलिउड स्टारहरूले चलचित्रबाट मात्र नभई व्यापारबाट पनि करोडौँ कमाउँछन् । यस उद्योगमा धेरै अभिनेता र अभिनेत्रीहरू छन् जसले चलचित्रमा काम नगरे पनि विलासी जीवन बिताउन सक्छन् । यहाँ हामी तपाईंलाई ती बलिउड स्टारहरूका बारेमा बताउन गइरहेका छौँ जो लोकप्रिय रेष्टुरेन्टका मालिक हुन् । यो लिस्टमा धेरै कलाकार छन् जसले रेष्टुरेन्ट व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् ।

यो लिस्टमा पहिलो नाम आउँछ बलिउडका ‘हृयाण्डसम हंक’ अर्जुन रामपालको । कुनै समय चलचित्रमा चहलपहल मच्चाउने अर्जुन रामपाल आजकल फिल्मी पर्दाबाट टाढा भए पनि उहाँको विलासी जीवनशैली र कमाइमा कुनै असर परेको छैन । उहाँ लक्जरी रेष्टुरेन्ट ‘ल्याप’का मालिक हुनुहुन्छ ।

बलिउडदेखि हलिउडसम्म आफ्नो आकर्षण फैलाउनुभएकी ‘देशी गर्ल’ प्रियंका चोपडाले अभिनयदेखि गायनसम्म आफ्नो क्षमता प्रमाणित गर्नुभएको छ । प्रियंकाले रेष्टुरेन्ट व्यवसायमा पनि हात हाल्नुभएको छ । उहाँले अमेरिकामा ‘सोना’ नामक रेष्टुरेन्ट खोल्नुभएको छ ।
अभिनयसँगै शिल्पा शेट्टी व्यापार जगत्मा पनि चर्चित नाम हो । उहाँको रेष्टुरेन्ट ‘बास्टन’ मुम्बईका स्टारहरूको पहिलो रोजाइ बनेको छ । यो व्यवसायबाट शिल्पाले करोडौँ कमाउनुहुन्छ ।

सुस्मिता सेन अहिले आफ्नो वेब सिरिज ‘ताली’ का कारण चर्चामा हुनुहुन्छ । ‘पूर्वमिस युनिभर्स’ सुस्मिताको रेष्टुरेन्ट ‘बंगाली मासी किचन’ले मुम्बईका मानिसहरूलाई बंगाली खानाको स्वाद दिन्छ । यो मुम्बईको सबैभन्दा लोकप्रिय रेष्टुरेन्टमध्ये एक हो ।

बलिउडका ‘आन्ना’ सुनिल शेट्टी अहिले चलचित्रबाट टाढा हुनुहुन्छ तर आज पनि यी अभिनेता व्यापारबाट करोडौँ कमाउनुहुन्छ । सुनिल शेट्टी एक होइन दुईवटा रेष्टुरेन्टका मालिक हुनुहुन्छ । उहाँको रेष्टुरेन्ट ‘मिसचिफ डाइनिङ बार’ र ‘क्लब एचटुओ’ निकै लोकप्रिय छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?