विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा मार्गोट

Read Time = 2 mins

एजेन्सी । विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मार्गोट रोबी बन्नुभएको छ । हलिउड चलचित्र ‘बार्बी’की अभिनेत्री रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बन्नुभएको हो । उहाँले चलचित्र बार्बीमा काम गरेबापत ५० मिलियन अमेरिकी डलरभन्दा बढी पारिश्रमिक लिएको जनाइएको छ ।

पारिश्रमिक लिने मामिलामा उहाँले स्कारलेट जोन्सन, एन्जेलिना जोली र ग्याल ग्याडोट जस्ता हलिउडका चर्चित अभिनेत्रीलाई पनि पछि छाडनुभएको छ । ‘बार्बी’ अझै सिनेमा घरहरूमा चलिरहेको छ । यो चलचित्रलाई ग्रेटा गेर्भिङले निर्देशन गर्नुभएको हो । महिला निर्देशकको चलचित्रले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको पनि पहिलोपटक भएको बताइएको छ । अभिनेत्री रोबी पनि यस चलचित्रकी सहनिर्माता हुनुहुन्छ ।

यसअघि हलिउड अभिनेत्री सान्ड्रा बुलकले २०१३ मा चलचित्र ‘ग्रेभिटी’मा काम गरेबापत सात करोड डलर पारिश्रमिक प्राप्त गर्नुभएको थियो त्यसपछि जेनिफर एनिस्टन, जेनिफर लरेन्स, गल ग्याडोट, स्कारलेट जोन्सन र एञ्जेलिना जोली जस्ता अभिनेत्री सूचीमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?