तिलागुफा नगरपालिकाको ओखरभिट्टा र छाप्रे बालविवाह निषेधित वडा घोषणा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ र ८ लाई बालबिवाह निषेधित वडा घोषणा गरिएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपाल कालीकोटको सहजीकरण चथा वडा नम्बर ७ र ८ को आयोजनामा शुक्रबार वडा नम्बर ८ ओखरभिट्टा र शनिबार वडा नम्बर-७ को छाप्रेलाई बालबिवाह निषेधित वडा घोषणा गरिएको हो ।

तिलागुफा नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष तिलकप्रसाद न्यौपानेको अध्यक्षता, तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता र उपप्रमुख महेन्द्रबहादुर शाहीको बिशेष आतिथ्यतामा भब्य समारोहकाबीच वडालाई बालबिवाह निषेधित वडा घोषणा गरिएको किर्डाक नेपाल कालीकोटले जनाएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर ८ का वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले बालबिवाह निषेधित घोषणा गरिएका वडामा कोहीकसैले बालबिवाह गरेको पाइए सामाजिक बहिष्कार गरिने बताउनुभएको छ । वडालाई नै बालबिवाह निषेधित घोषणा गरिसकेपछि पालिकाभरि हुँने बालविवाहका घटनामा समेत कमि आउने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तिफागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बालबिवाह कानुनी अपराध भएकाले कोहीकसैले बालबिवाह नगर्न र नगराउन सुझाव दिनुभयो । सानैमा बालबिवाह गर्दा शारीरिक र मानसिक रुपमा समेत असर पर्ने भएकाले यस्ता क्रियाकलाप समयमै बन्द गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि एवम् नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले पुरानो परम्परा र संस्कृतीले गर्दा मानिसको सोचाइमा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'अब हामी पुरानो परम्परातीर फर्किने होइन सामाजिक रुपान्तरणका निमित्त समाज परिवर्तन गर्न लागि पर्ने हो अनि मात्रै बालबिवाह जस्ता जघन्य उपराधबाट मुक्त पाउन सक्छौं ।'

साथै उपप्रमख शाहीले वडालाई बालबिवाह निषेधित वडा घोषणा गर्न महत्त्वपूर्ण सहयोग गर्ने वडा सरकार, सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालीकोट, साहस नेपाल, महिला सञ्जाल , आमा समूह, धामीझाँक्री , पुरोहित, नागरिक समाज, बाल सञ्जाल, बालक्लब, लगायत अन्य राजनीति दलहरुलाई समेत धन्यवाद दिनुभएको छ ।

बालबिवाह निषेधित वडा घोषणा कार्यक्रममा, विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको जनाइएको छ । यस्तै सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बाले बिश्वकर्माले तिलागुफा नगरपालिकालाई कर्णाली प्रदेशकै प्रथम बालबिवाह निषेधित पालिका घोषणा गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले हालसम्म तिलागुफामा १ देखि ८ सम्मका वडा बालबिवाह निषेधित वडा घोषणा गरिसक्योैं, अब ९, १० र ११ गरि ३ वटा वडा मात्रै बाकी छन् यी वडालाई पनि बालबिवाह निषेधित वडा घोषणा गर्योैं भने तिलागुफा कर्णाली प्रदेशकै प्रथम बालबिवाह निषेधित पालिका घोषणा हुने छ ।

घोषणा कार्यक्रममा बिद्यार्थी, अभिभावक, पालिकाका कर्मचारी बालसञ्जाल र बालक्लबका पदाधिकारी राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज, सुरक्षकर्मी र पत्रकारको समेत उपस्थिति रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?