युनाइटेडमाथि टोटनहमको जित

Read Time = 2 mins

लण्डन । टोटनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । टोटनहमले युनाइटेडलाई दुई-शून्यले पराजित गरेको हो । दोस्रो हाफको सुरुवातमै स्पर्सले पापे माटर सारको गोलबाट अग्रता लियो । खेलको अन्त्यमा डिफेण्डर लिसान्द्रो मार्टिनेजले आत्मघाती गोल गरेपछि टोटनहमले दुई-शून्यको जित हात पार्‍यो ।

यस्तै, अर्को अन्य खेलमा लिभरपुल र ब्राइटनले जित हात पारे । ब्राइटनले वल्भ्स र लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै तीन-तीन अंक हासिल गरे । लिभरपुलले बर्नमाउथलाई तीन-एक अन्तरले पराजित गर्‍यो । लिभरपुलको जितमा लुइस डियाज, मोहम्मद सालाह र डिएगो जोटाले समान एक गोल गर्नुभयो । बर्नमाउथका लागि एन्टोवान सेमेन्योले एक गोल गर्नुभयो ।

खेलको तेस्रो मिनेटमा नै बर्नमाउथले एन्टोवान सेमेन्योको गोलमार्फत् अग्रता लिएको थियो । खेलको २८औँ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो ।

त्यसको आठ मिनेटपश्चात् बर्नमाउथका रोथवेलले पेनाल्टी बक्सभित्र फाउल गरेपछि लिभरपुललाई पेनाल्टीमार्फत् अग्रता मिल्यो । सलाहको पेनाल्टी बर्नमाउथका गोलरक्षक नेटोले बचाउन सफल भए पनि सलाहले रिबाउन्डमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो ।

६२औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो र जित सुनिश्चित गर्नुभयो । यस्तै, शनिबारकै अर्को खेलमा ब्राइटनले वल्भ्समाथि चार-एकको जित निकाल्यो । ब्राइटनका लागि सोली मार्चले दुई गोल तथा काओरु मिटोमा र पर्विस इस्टुपिन्यानले समान एक–एक गोल गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?