बलिउडमा यामीको चर्चा

‘मेरो नाक वा डिम्पलको विषयमा कमेन्ट गर्थे’

Read Time = 3 mins

मुम्बई । यामी गौतम अहिले हिन्दी चलचित्रमा प्रतिभाशाली र सफल अभिनेत्रीको रूपमा उभिनुभएको छ । यामीले ‘विक्की डोनर’, ‘काबिल’, ‘बाला’, ‘उरी द सर्जिकल स्ट्राइक’ र ‘ओएमजी २’ जस्ता सफल चलचित्रबाट आफ्नो छुट्टै छाप छोडन सफल हुनुभएको छ ।

सिनेमाघरबाहेक, यामीको जादूले ओटीटी प्लेटफर्ममा पनि राम्रो काम गरेको छ । ‘लस्ट’, ‘ए थर्डिडे’, ‘चोर निकल के भागा जस्ता चलचित्रहरूले ओटीटी प्लेटफर्ममा सबै रेकर्ड तोडेर यामी गौतम एक बौद्धिक र प्राकृतिक प्रतिभा हो भनेर प्रमाणित गरेका छन् । ‘ओएमजी २’ ले कस्तो प्रतिक्रिया पाएपछि यामी गौतम चलचित्रकर्मीका लागि ‘ट्रम्पकार्ड’ हुन् भन्ने प्रष्ट भन्न सकिन्छ ।

‘ओएमजी २’को सफलता पाएपछि दर्शकको ध्यान यामीको आगामी चलचित्र ‘धूम धाम’तर्फ केन्द्रित हुँदैछ । अन्य चलचित्र जस्तै यामीले ‘धूम धाम’बाट आफ्ना फ्यानको कतिको मन जित्न सफल हुनुहुने छ त्यो त यो चलचत्र सिनेमाघरमा आएपछि थाह नै हुनेछ । अहिलेलाई भने उहाँको जवरजस्त अभिनको तारिफ नगर्ने सायद कमै होलान ।

यामीले आफ्नो करिअरको सुरुवातमा धेरै व्यक्तिले आफ्नो शारीरिक बनावटको विषयमा टिप्पणी गर्ने गरेको केही समय पहिला गुनासो गर्नुभएको थियो । उहाँले आफ्नो नाक र डिम्पललाई लिएर त्यसबेला धेरै टिप्पणी हुने गरेको एक अन्तवार्तामा बताउनुभएको थियो ।

‘करिअरको सुरुवातमा म जसलाई भेट्थें, उनीहरू मेरो नाक वा डिम्पलको विषयमा कमेन्ट गर्थे । उनीहरूलाई लाग्दथ्यो कि, मेरो डिम्पल ठीक ठाउँमा छैन । उनीहरूले त्यसबेला ‘तिमी सुन्दर छौं, तर साधारण देखिन्छौं’ भनेर घुमाउरो पारामा भन्ने गरेको यामीले बताउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?