अभिनेत्री खुस्बुको ‘प्ले ब्वाई लाउन्ज एण्ड क्लब’को सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेत्री खुस्बु खड्काको ‘प्ले ब्वाई लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको छ । ठमेलस्थित छाँया कम्प्लेक्समा रहेको यो क्लब उहाँले साथीहरूसँग मिलेर नयाँ संरचनासहित सुरु गर्नुभएको हो ।

सांगीतिक माहौल र आकर्षक परिकारसहित नयाँ स्वरूपमा सुरु भएको क्लबमा यो महिनाभर प्रवेश निःशुल्क गरिएको छ । ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’, ‘जुनी’, ‘सिवानी’, ‘रातो टीका निधारमा’लगायत दर्जनौं चलचित्र र थुप्रै म्युजिक भिडियो, विज्ञापन अभिनय गर्नुभएकी अभिनेत्री खड्का कलाकारिता र व्यवसाय सँगसँगै अगाडि लैजाने बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?