सेयर बजार दोहोरो अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार साताको पहिलो दिन आइतबार पनि २१.९९ अंकले घटेको छ । यस दिन विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सबै समूह सूचक घटेका छन् भने सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १७२.७३ र जीवन बिमा समूहको सूचक १३४.९० अंकले घटेका छन् । बैंकिङ समूह ३.६०, विकास बैंक ३५.६०, वित्त ११.०६, होटल तथा पर्यटन १०६.२६ र जलविद्युत् ५०.११ अंकले घटेका छन् ।

त्यस्तै, लगानी समूह ०.६९, उत्पादन तथा प्रशोधन ८८.५४, लघुवित्त ३२. २३, म्युचुअल फण्ड ०.०४, व्यापार ३६.६० र अन्य समूह २३.५७ अंकले घटेका छन् । कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ४.५७ अंकले बढेकोमा सबैभन्दा धेरै घटेको एग्रिकल्चरल बैंक डिभेन्चर २०८३ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्सको छ करोड ६३ लाख एक हजार ७० बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै सानिमा इक्विटी फण्डको एक लाख ४९ हजार दुई सय ४० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?