पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका –२ सपाङ्दीस्थित बाँसटारी–झडेवा भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको छ । झडेवाबाट रुप्सेतर्फ आउँदै गरेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आज साँझ दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा माथागढी –२ दोहोराका ३८ वर्षीय बेद प्रसाद भुषाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरुमा माथागढी– २ का ३६ वर्षीय रीप बहादुर सारु, सोही ठाउँका ४४ वर्षीय गोविन्द बहादुर थापा, ३० वर्षीय नरध्वज सारू, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोप बहादुर सारु रहेका छन् । उनीहरुको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरेहको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ । ट्याक्टरमा सवार उनीहरु लेवर काम गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टर आफै अनियन्त्रीत भई सडक छेउको पिल्लरमा ठक्कर खाई सडकमा पल्टिन पुगेको थियो घटनाकोथप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?