रेडिअन्ट क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रेडिअन्ट पब्लिक दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा रेडिअन्टले ब्राइट होराइजनलाई १३-१२ को झिनो अन्तरले पराजित ग¥यो । रेडिअन्टको जितमा दिव्यांशा कार्कीले नौ अंकको योगदान गर्नुभयो ।

सिनियर ब्वाइजमा राकेश भुजेलको ४३ अंक सहयोगमा पिपुल्स एकेडेमीले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ७३-६५ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

सिनियर ब्वाइजमा काठमाडौं भ्याली, रानीवनले साई निलायमलाई ४२-२३, जेबी इंग्लिसले विग बुद्धलाई ५८–३१, कान्तिपुरले ग्रिनफिल्ड ‘सी’ लाई ३८-२९ र ब्राइट होराइजनले द एक्सेल्सियर स्कुललाई ५१-२३ ले पाखा लगायो । सिनियर गल्र्समा जेसिस इन्टरनेसनलले ग्रिनफिल्ड ‘सी’ लाई १९-११ तथा संस्कृतिले हेम्सलाई २०-१४ ले पन्छायो । जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागरले किङडम हिमालयलाई २४–२१ ले पराजित गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?