एक खेलअगावै भारतलाई सिरिज

हिमालय टाइम्स
Read Time = 2 mins

दिल्ली । भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा आयरल्याण्डलाई ३३ रनले पराजित गर्दै एक खेलअगावै तीन खेलको सिरिज दुई-शून्यले जितेको छ । जितका लागि १८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । आयरल्याण्डका ओपनर एन्ड्रयु बालबर्नीले ५१ बलमा पाँच चौका र चार छक्कासहित ७२ रनको योगदान दिनुभए पनि खेल जिताउन सक्नुभएन । यस्तै, मार्क आदिरले १५ बलमा तीन छक्कासहित २३ रन जोड्नुभयो ।

यस्तै, हृयारी टेक्टर सात, कर्टिस क्याम्फर १८, जर्ज डोकरेल १३ र ब्यारी म्याकार्थी दुई रनमा आउट हुनुभयो । भारतका प्रसिद्ध कृष्णाले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । रवि विश्रोईले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

भारतको जितमा ओपनर ऋतुराज गायकवाडले ४३ बलमा ६ चौका र एक छक्कासहित ५८, ओपनर यशस्वी जैसवाल ११ बलमा दुई चौका र एक छक्कासहित १८, सन्जु श्यामसन २६ बलमा पाँच चौका र एक छक्कासहित ४० रनमा आउट हुनुभयो ।

आयरल्याण्डका ब्यारी म्याकार्थीले चार ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयो । मार्क आदिर, क्रेग योंग र बेन्जामिन हृवाइटले एक–एक विकेट लिनुभयो । पहिलो खेलमा भारत डकवर्थ लेविस पद्धतिका आधारमा दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?