रुसको लामो दूरीको बमवर्षक विमान युक्रेनी आक्रमणबाट नष्ट

हिमालय टाइम्स
Read Time = 1 min

यक्रेन । युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार सोल्टसी-२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू-२२ विमानमा आगो लागेको देखिएको छ।

मस्कोले आफूले एउटा ड्रोनमा साना हतियारले प्रहार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्‍याउन सफल भएको समाचारमा उल्लेख छ । यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन।

त्यसपछि रुसी हवाई प्रतिरक्षाले मस्को क्षेत्रमा दुई वटा ड्रोन खसालेको मेयर सर्गेई सोब्यानिनले जानकारी दिए। युक्रेनी सीमाको उत्तर-पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो।

ध्वस्त पारिएको रुसी टीयू-२२ बमवर्षक ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो। रुसले उक्त विमान युक्रेनका सहरहरूमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?