पदभार ग्रहण गर्दै प्रधानन्यायाधीशको प्रतिवद्धता : न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्छु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदवहाली गर्नुभएको छ ।

सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताउनुभयो ।

३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गर्नुभएका उहाँले न्यायको अनुभूति हुने गरी काम गर्ने बताउनुभयो । आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उहाँले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फछ्र्योटमा ध्यान दिने बताउनुभयो ।

ADVERTISEMENT

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आउनुभएको छ । श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?