सामान्य प्रशासन मन्त्रालयद्वारा ८० शाखा अधिकृतहरूको सरुवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

उनीहरूलाई मन्त्रालयले गाउँपालिकामा खटाएको छ । कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गरिएको छ ।

मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?