मुगु । नेपालकै ठूलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलो पटक देउडा गीत छायांकन गरिएको छ ।
पछिल्लो समय एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किदै आएका गायक, गीतकार, संगीतकार, साहित्यकार तथा बहुप्रतिभाका धनी हिक्मत शाही क्षितिजको शब्दर संगीत रहेको सम्झ्या मात्र नरोया भन्ने देउडा गीत सार्वजनिक गरिएको हो ।
गीतमा अहिलेकी चर्चित गायिका पुजा देवकोटा र नबोदिद गायक धिरज सिंहको सुमधुर स्वर रहेको छ ।
स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको यो गितमा हिक्मत शाही क्षितिज, सैलेश हमाल र सृजना गिरिको अभिनय रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिक्मत शाहीले गरेका छन् ।
रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान, सत्कार साथै माझी दाइको जिन्दगीको कथा गीतको भिडियोमा देख्न सकिन्छ ।
मनोरन्जन मात्र नभएर राराको पर्यटन, विकास, प्रवर्द्धन, प्रचार-प्रसारमासमेत टेवा पुगोस् भनेर रारा कै सेरोफेरोमा सम्झ्या मात्र नरोया भन्ने देउडा गीत धेरै दुःख कस्ट गरेर छायांकन गरिएको हिक्मत शाहीले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच