ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियो, अब जनआन्दोलनः राप्रपा महामन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताउनुभएको छ ।

मनपरीतन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले बिद्यमान भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको बिकल्प नभएको समेत उहाँले बताउनुभयो ।

संगठन विभाग प्रमुखसमेत रहनुभएका वर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने ब्यबस्थाले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण, बिधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकाले धर्म, संस्कृति र पहिचान रक्षाको लागि पनि आन्दोलनको बिकल्प नभएको उहाँको भनाइ थियो ।

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौमा आयोजना हुने भएको छ । सम्मेलनमा प्रत्यक जिल्लाबाट पाँच जनाको दरले ६० जिल्लाबाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ ।

राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यबस्थापन एवं विधान संशोधन समिति समेत गठन गरेको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनाएको हो ।

साथै तीन जना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहनुभएको छ । राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम वर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?