महिला टी-ट्वान्टी आई सिरिज : नेपाल आज कुवेतसँग भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज (बुधवार) कुवेतसँग खेल्दैछ । दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा शुरू हुनेछ ।

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै नेपालले सिरिजको शुरूआत गरेको थियो । सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ ।

सिरिजमा नेपाल, आयोजक मलेसिया, कुवेत र हङकङ र नेपाल गरी चार टिम सहभागी छन् । जसमध्ये शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्ने छन् । फाइनल शनिवार हुनेछ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा नै खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?