एमाले संसद् विरोधी होइन : योगेश भट्टराई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताउनु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको उहाँले बताउनु भयो ।

'यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको। दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो। बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो। यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,' उहाँले बताउनु भयो।

अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गर्नुभयो ।  साथै उहाँले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?