कांग्रेस नेता डा. राजाराम कार्कीको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व महासचिव डा. राजाराम कार्कीको निधन भएको छ । उहाँको बुधबार साँझ काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज (बिहीबार) विहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने नेपाली कांग्रेसले जनाएको छ । वीर अस्पतालका जनरल सर्जन रहनुभएका उहाँ चिकित्सक पेशा छाडेर पूर्णकालीन राजनीतिमा आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?