‘एक भगवत् गीता’को ‘मायालाई चिनो’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’को ‘मायालाई चिनो’ गीत सार्वजनिक गरिएको छ । झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘एक भगवत् गीता’को गीतको भिडियो सार्वजनिक गरिएको हो । बिहीबार सार्वजनिक गीतको भिडियोमा चलचित्र मुख्य दुई पात्र अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ ।

शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । गुरुङ र मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई गीतको भिडियोमा देखाइएको छ ।

कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाको रमणीयस्थानमा छायांकन गरिएको हो । यही भदौ २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा धीरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रेअर राईलगायत कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा चलचित्र निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?