१७औं संस्करणको मिस नेवाःको उपाधि सकिनालाई

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि सकिना महर्जनलाई चुम्नु भएको छ । नेप्लिज फेसन होमद्वारा आयोजित प्रतियोगितामा नयाँ नैकापकी सकिना महर्जनले यो उपाधि चुम्न सफल हुुनभएको हो ।

सकिनाले आफ्ना १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेवाः नेपाल ११४३को ताजसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभूषामाका साथ सम्पन्न प्रतियोगितामा उहाँ प्रमुख उपाधिका साथ मिस पर्सनालिटी उपउपाधिकी विजेतासमेत हुनुभभएको थियो ।

प्रतियोगितामा म्हैपीकी रिधिशा श्रेष्ठ फष्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनर्सअप हुनुभएको थियो । रिधिशा र मिनशाले पुरस्कारबापत क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्त गर्नुभएको थियो ।

प्रतियोगितामा कृष्टि प्रजापति मिस ट्यालेन्ट र तस्वीर मिस फोटोजेनिक, अंशु प्रजापति वेष्ट नेपाल भाषा, तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, एड्रिना श्रेष्ठ वेष्ट ड्रेस, खुशी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट फष्ट रनर्सअप, रीतिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअप, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेण्ड रनर्सअप र मिस फ्रेण्डशिप, तुलसा प्रजापति वेष्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता हुनुभएको छ ।

मिस नेवा: नेपाल ११३१ तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि निरन्तर मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराउनुभयो ।

प्रमूख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफूलाई पूर्वमिस नेवाः नभई मिस नेवा ः मात्र भन्न आग्रह गर्दै एकपटकको मिस नेवाः सधैंको मिस नेवाः हुने जिकिर गर्नुभयो । उहाँले नेवारी भाषा र कला सिक्नका लागिमात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको सुनाउनुभयो ।

समाजसेवी देवराज डंगोल, मिस नेवाः नेपाल ११४२ सलिना महर्जन, नेपाल टेलिभिजनको पहिलो महिला टेलिभिजन समाचार बाचिका, पूर्वसकर खेलाडी तथा राष्ट्रिय नेपाल महिला फुटबल टिमकी कप्तान रमा सिंह, टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, उप्रेती सेवा समाज समितिका अध्यक्ष सोवित उप्रेती र केन्द्रीय सचिव बलराम प्रसाद, भक्तवीर सिंह तुलाधर फाउण्डेशनका अध्यक्ष अवाणी तुलाधरलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा नेपाल टेलिकम प्रमुख सञ्चालन अधिकृत कार्यालयका प्रबन्धक सरोजकुमार शाक्य प्रमुख निर्णायक रहनुभएको थियो भने नेपाल क्योकुसिन सेशिन काइकान करातेका अध्यक्ष अशोककुमार श्रेष्ठ, आईपीडीजी लायन्स क्लब अफ डिस्ट्रिक ३२५ यल मनिश्री रत्न बज्राचार्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीबेश्वरलाल श्रेष्ठ, दन्त विशेषज्ञ डा.शिक्षिता श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, माँ बगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन र नेपाल बक्सिङ फेडेरेसनका अध्यक्ष राम अवाले निर्णायक रहनुभएको थियो ।

रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चाालन र राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिसः नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?