साहित्यकार तुल्सी थापाको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यकार तुल्सी थापाको निधन भएको छ । मकवानपुरमा रहेर शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील ७८ वर्षीय थापाको शुक्रबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । थापा निमोनिया, मधुमेह र रक्तचापसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य रचनामा विशेष योगदान गर्नुभएका थापाका दाना कविता संग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथा संग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् । उक्त नाटक देशभरका नाटकघरमा मञ्चन भइसकेको छ ।

थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवातसमेत गर्नुभएको थियो । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ । २००२ साल असोज ३ गते जन्मिनुभएका थापाका दुई छोरी, एक छोरा र श्रीमती हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?