तानसेनमा ‘प्रथम रणउज्जेश्वरी भगवती कप’: खुल्ला पुरुष भलिबल हुँदै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको तानसेनस्थित टुँडिखेल मैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘प्रथम रणउज्जेश्वरी भगवती कप २०८०’ अन्तगर्त यही भदौ १८ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

श्रीनगर भलिबल क्लवले प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । खेल क्षेत्रको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष कृष्णबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो ‘देश, विदेशमा रहनुहुने नेपाली, खेलप्रेमी व्यक्तित्वहरुको सहयोग र शुभेच्छाका कारण प्रतियोगिता गर्न लागेका हौं ।’

प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ७७ हजार ७ सय ७७, तृतिय हुनेले ४४ हजार ४ सय ४४ र सान्तवना हुनेले २२ हजार २ सय २२ नगद पुुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष आलेले बताए । उनका अनुसार पुुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि आठ लाख ५० हजार १ सय ५४ बराबरको खर्च अनुमान गरिएको छ ।

उक्त बजेटका लागि विभिन्न सहयोगीदाताहरुको सहयोग रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा १० टिमसम्मको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता हुने समयमा श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्रा परेकाले पनि खेलाडी र दर्शकहरुको उल्लेखीय सहभागिता रहने क्लवका अध्यक्ष आलेले बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले क्लवले जिल्लाको खेलकूदलाई चलायमान बनाउने र खेलको विकासमा टेवा पुर्याउने गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले खेल र खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने भन्दै प्रतियोगिताका लागि खेलकूद विकास समिति पाल्पा र लुम्बिनी प्रदेशबाट आवश्यक सहयोग रहने बताउनुभयो ।

सोही अवसरमा अध्यक्ष घिमिरेले प्रतियोगिताका लागि व्यक्तिगत रुपमा १० हजार १ सय सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतियोगिताको प्रचार-प्रसार गरी खेल प्रतियोगितालाई सफल बनाइदिन क्लवका अध्यक्ष आलेले पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको छ । २०७५ सालमा स्थापना भएको क्लवलले राष्ट्रियस्तरका दर्जानौं खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । उसले विभिन्न समयमा महिला र पुरुष भलिबल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?