एमके ग्रुपको रिटेलर मिट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमके ग्रुपका लागि नेपालस्थित आधिकारिक बिक्रेता सत्यदिप इन्टरनेसनलको आयोजनामा रिटेलर मिट सम्पन्न भएको छ । सो अवसरमा हालै उत्पादन सुरु गरिएको पेपर क्लच एसेम्बली, क्लच एण्ड ब्रेक लिभर तथा योक, नन-एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरिएको थियो । देशभरका रिटेलर सहभागी कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुपका उत्पादनबारेमा जानकारी गराउनुभएको थियो ।

एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काल्रा तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जीव हमालले सवारीसाधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनुपर्ने र सबै रिटेलरले गुणस्तरीय सामग्री उपलब्ध गराउन भूमिका खेल्नुपर्ने बताएका थिए । कार्यक्रममा रिटेलरका लागि नयाँ स्किमसमेत सार्वजनिक गरिएको थियो ।

स्किमअन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरले हाल पाइरहेको छुटभन्दा थप पाँच प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट सुरु भएको एमके ग्रुपको व्यवसाय विस्तार हुँदै सन् २०२३ मा हृयाण्ड लिभर र योक उत्पादनसम्म पुगेको हो ।

एमकेअन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इण्डष्ट्रिज, भिएनजी अटोमोटिभ्स, भिएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एण्ड अलोय काष्ट कम्पनी रहेका छन् । उत्तरी भारतका विभिन्न छ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एण्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?