जनतालाई सरकारसँग आशा पलाएको छ : हरिबोल गजुरेल

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनतालाई सरकारसँग आशा पलाएको बताउनु भएको छ ।

परिवर्तनका अगुवा पुराना राजनीतिक दलप्रति अविश्वास बढेर निरासा बढी रहेको बेला भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले चालेको कदमबाट जनतामा आशा पलाएको उहाँले बताउनुभयो ।

सोमबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले यस्तो बताउनु भएको हो । ‘जनतामा पूर्ण विश्वास भईसकेको छैनन् अहिल्यै । तर अहिलेको सरकारसँग अलिकती आशा पलाएको छ, ।’ उहाँले भन्नुभयो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको पक्षमा देखिने गरी सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । यसका नागरिक समाज, मानव अधिकारवादी र अरु राजनीतिक दलले पनि साथ दिइरहेका उहाँको बताउनुभयो ।

अहिले परिवर्तनको एजेण्डाको बाहक, संविधान कार्यान्वयन र परिबर्तनको रक्षा गर्न माओवादी नेतृत्वमा सरकार रहेको भन्दै परिस्थितीअनुसार चल्न नसके राजनीति नहुने धारणा राख्नुभयो । ‘ठूलो दल काँग्रेस छ, दोस्रो एमाले छ । सरकारको नेतृत्व त उनीहरुले गनु पर्ने नी ! भन्ने प्रश्न पनि उठि रहेको छ । ३२ सिटले सरकार चलाई रहेको छ । कसरी चलाई रहेको छ ? यो त प्रजातान्त्रिक विधि भएन कि भन्ने आशङका पनि छ,’ उहाँले सुनाउनुभयो ।

राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमा नेकपा (माओवादी केन्द्र) रहेको उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?