‘नजाउ छोडी’मा शीतल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली सिने जगतमा चलचित्रको निर्माण र प्रदर्शनले निरन्तरता पाइरहेको अवस्थामा सफल असफलताको निर्धारण अन्तिम प्रदर्शनपछि लेखाजोखा हुने गर्दछ । दर्शकको चाहना समाज परिवर्तनशीलता तथा मौलिकतालाई ध्यान दिन सकिएन भने त्यस्ता चलचित्रले बक्स अफिस र दर्शकसमक्ष आफ्नो उपस्थिति जोगाउन सक्दैन पर्याप्त अध्ययन-अनुसन्धान तथा गृहकार्यले एक सफल चलचित्र भएका उदाहरण धेरै छन् ।

नेपाली सिने जगतमा कुरा गर्दा आज हामी सिने जगतका एक सदाबहार मिहिनेती चिरपरिचित नायक शीतल केसीको चलचत्रिका चर्चा-परिचर्चा गरिरहेका छौं । आफ्नो भूमिका र चलचित्र विषयलाई छानेरमात्र अभिनय गर्ने अभिनेता शीतल मिहिनेत र पर्याप्त गृहकार्य गरेरमात्र अभिनय गर्ने गर्नुहुन्छ । जसले नेपाली चलचित्र उद्योगमै चर्चा-परिचर्चा हुँदै दर्शकको मन जित्न सफल हुनुहुन्छ । केही अगाडिमात्र निर्माण सम्पन्न भएको चलचित्र ‘बिटालु’ धेरै समय लगाएर ग्रामीण भू-भागमा छायांकन गरिएको सो चलचित्र एक नेपाली समाजको मौलिक चलत्रिच हो ।

विकृति र विसंगतीविरुद्धको विषय उठान गरिएको निर्माण पक्षले जानकारी गराएको छ, जुन चलचित्र सम्पादन कार्य भइरहेको छ । त्यस्तै नायक शीतल फेरि अर्को चलचित्रमा अुनबन्धित हुनुभएको छ । निर्माणको घोषणा गरेर प्राविधिक कारणले रोकिएको चलचित्र ‘छोडी नजाउ’ अब छिट्टै छांयाकनमा जाने निर्माता निर्देशक तथा निर्माण पक्षले जानकारी दिएको छ । खतरनाक द्वन्द्व समावेश गरिने भएकाले शारीरिक बनावट तथा द्वन्द्वमा पोख्त शीतल फेरि अर्को एक्शन चलचित्र दर्शकले हेर्न पाउने भएका छन् ।

प्रेम कथामा आधारित ‘नजाउ छोडी’ चलचित्रमा केही खतरनाक द्वन्द्व भएकाले पात्रको खोजीमा नायक शीतल केसीलाई अनुबन्धित गरिएको निर्माण पक्षले जानकारी दिएको छ । माघे संक्रान्तिसम्म प्रदर्शनमा ल्याउने पनि निर्माणपक्षले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?