जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छ : नेता पुन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउनु भयो ।

उहाँले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताउनु भयो । उहाँले देश राजनीतिक सिस्टममा चल्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक विधिमा पार्टी र निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् । आज पनि कमरेड प्रचण्ड र प्रचण्ड वरिपरीका नेताहरु नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरु हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ । आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन् की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शुन्यता हुन्छ । हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ ।’

उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?